आजको मौसम: धेरै ठाउँमा बदलीसहित वर्षा, तराईमा हुरि बतास

आजको मौसम: धेरै ठाउँमा बदलीसहित वर्षा, तराईमा हुरि बतास

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । देशका धेरै ठाउँमा बदली भएको छ । आज दिनभर पनि देशका विभिन्न स्थानमा हावाहुरी तथा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

नेपाल नजिकै बनेको न्यूनचापीय रेखा, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले शनिबार बिहानदेखि नै देशभरको मौसम बदली भई धेरै ठाउँमा मेघगर्जन र हावाहुरी चलेको मौसमविद् शान्ति कँडेलले जानकारी दिईन् ।

यसकै प्रभावले अहिले पनि धेरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी परिरहेको उनको भनाई छ । केहिबेरपछि मौसम खुल्ने मध्य र पश्चिममा दिउँसोपछि भने फेरि बदली भई धेरै ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने मौसमविद् कँडेलले बताईन् ।

आइतबार मध्य र पश्चिमको तुलनामा पूर्वको मौसम धेरै बदली हुनेछ । हावाहुरी र चट्याङ पनि पर्नेछ । तर आत्तिनुपर्ने अवस्था भने नरहेको उनको भनाई छ । प्रि मनसुनमा दिउँसोपछि बदली भई मेघगर्जन र हुवाहुरी चल्ने भए पनि केहीदिनयता नेपाल नजिकै बनेको न्यूनचापीय रेखा, अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा, पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले देशभरी कै मौसम बदली गराएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभरि नै आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी तथा मध्य भू-भागका केहि स्थानमा र पश्चिमी भु-भागका थोरै स्थानहरुमा हावाहुरी र मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आईतबार राति पनि देशभरि नै आंशिक देखी सामान्य बदली रहनेछ । देशको पुर्वी र मध्य भू-भागका थोरै स्थानमा र पश्चिमि भु-भागका १-२ स्थानहरुमा मेघ गर्जनका साथ हल्का वर्षा हुने सम्भावना रहेको छ । तराईका केहि स्थानहरुमा हुरि बतास चल्ने सम्भावना रहेको मौसमविद् कँडेलको भनाई छ ।

Logo