सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले पदबाट राजीनामा दिएका छन् । केन्द्रमा नयाँ समीकरण बनेसँगै अल्पमतमा परेका उनले विश्वासको मत पाउने सम्भावना नरहेपछि प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा पत्र बुझाएका हुन्।
विश्वासको मत लिने प्रयोजनका लागि प्रदेश सभा सचिवालयले प्रदेश सभा बैठकको कार्यसूची निर्धारण गरेको थियो । तर सोडारीले मन्तब्यका क्रममा विश्वासको मत विभाजनमा नगई मार्ग प्रशस्त गरेको घोषणा गरे । त्यसलगत्तै उनले प्रदेश प्रमुखको कार्यालय गएर राजीनामा पत्र बुझाएका हुन् ।
४ सांसद रहेकाे एकिकृत समाजवादीबाट गत बैशाख ६ गते मुख्यमन्त्री बनेका सोडारीले करिब एक सय दिन सरकारमा बस्दा निकै उतारचढावको सामना गर्नु परेको छ । असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका थिए। त्यसकाे शुक्रबार ३० दिन पूरा भएको छ।































प्रतिक्रिया