हावाहुरी पीडितलाई एनआईसी बैंकको सहयोग

हावाहुरी पीडितलाई एनआईसी बैंकको सहयोग

केन्द्रबिन्दु
0
Shares

बाराका हावाहुरी पीडितलाई एनआईसी एशिया बैंकले सहयोग गरेको छ ।

बैंकले फेटा गाउँपालिकाका पुरनियाँ, बलही, बबुलिया गाउँका हुरी पीडितहरुलाई ३ सय थान झुल, १ सय ५० थान म्याट्रेससहित खाद्यान्न सामग्री सहयोग गरेको हो । उक्त गाउँपालिकाका अध्यक्ष अमिरी लाल प्रसादलाई बैंकका संचालक समितीका सदस्य विनोदकुमार प्याकुरेलले राहत सामग्री हस्तान्तरण गरेका हुन् ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सहयोग गरेको जनाएको छ ।

Skip This
Skip This
Logo