साढे ८ किलो गाँजासहित बाराबाट एक महिला पक्राउ

साढे ८ किलो गाँजासहित बाराबाट एक महिला पक्राउ

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । साढे ८ किलो गाँजासहित बारामा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । बर्दिया मधुवन नगरपालिका ७ बस्ने २५ वर्षीया प्रियङ्का श्रेष्ठलाई प्रहरीले उक्त परिमाणको गाँजासहित पक्राउ गरेको हो ।

आइतबार बिहान प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका १ आधाभार जङ्गलमा पिठ्यूँमा कालो झोला बोकी सडक छेउमा उभिरहेको अवस्थामा श्रेष्ठलाई फेला पारेको थियो । शङ्कास्पद लागी उनले बोकेको झोला चेक जाँच गर्दा लुकाएर राखेको गाँजा फेला परेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार श्रेष्ठलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ ।

Skip This
Skip This
Logo