प्रिमियर इन्टरनेसनल आइबी कन्टिनम स्कुलकाे ‘स्टुडेन्ट लिडरसिप समिट–२०८१’ सम्पन्न भएको छ । आइतबार बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
अन्तर्राष्ट्रियस्तरमै कहलिएको आइबी एजुकेसन प्रणालीअन्तर्गत प्राथमिक वर्ष कार्यक्रम(पिवाइपी) मध्य वर्ष कार्यक्रम(एमवाईपी)र माध्यमिक तहको डिप्लोमा(आइबी डिपी)कार्यक्रम संचालन गरेर आइबी कन्टिनम स्कुलको परिचय बनाएको नेपालकै एकमात्र शिक्षण संस्था प्रिमियर इन्टरनेसनल स्कुलले सञ्चालन गरेको ७ घण्टे लिडरसिप ट्रेनिङमा २९ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । स्कुलले विद्यार्थीहरुको लिडरसिप डेभलपमेन्टका लागि स्टुडेन्ट गभर्मेन्ट, स्टुडेन्ट एडिटोरियल टिम, स्टुडेन्ट एम्बेसडरलगायत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
सोही कार्यको निरन्तरता स्वरुप आज प्रिमियर स्कुलले विभिन्न टिमका लिडरहरुलाई समेटेर उनीहरुको लिडरसिपलाई अझै विकास गर्नका लागि ट्रेनिङ दिएको हो । ‘स्टुडेन्ट लिडरसिप ट्रेनिङमा ६ कक्षाभन्दा माथिका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

स्कुलले स्टुडेन्ट गभर्मेन्ट समूहबाट विद्यार्थीको प्रसिद्धीका आधारमा भोटबाट २९ विद्यार्थीको छनौट गरेको थियो । यस्तै दोस्रो स्टुडेन्ट एम्बेसडर समूहबाट विद्यार्थीको चौतर्फी विकासका आधारमा छनौट गरेको थियो । यस्तै समूहको तेस्रो स्टुडेन्ट एडिटोरियलबाट विद्यार्थीहरुको छनौट उनीहरुको मिडिया सेक्टरको ज्ञानका आधारमा अन्तवार्तामार्फत गरिएको थियो । स्कुलले हरेक वर्ष दुई पटक विद्यार्थीहरुलाई कुनै एक शिर्षकमा ट्रेनिङ गराउँदै आएको छ ।

आजको कार्यक्रमको मुख्य एजेन्डा स्कुलले विद्यार्थीको आत्मविश्वास बढाउनु रहेको स्कुलको एकेडेमिक डाइरेक्टर प्रविना थापाले बताइन् । उनले ट्रेनिङमा सहभागी विद्यार्थीहरु पढाईका साथैं आत्मविश्वास बढाउने ट्रेनिङमा सहभागी हुन पाएकोमा निकै उत्साहित भएको पाइन् ।

यसैगरी ट्रेनिङमा सहभागी भएका विद्यार्थीहरुले पनि ट्रेनिङले आफूमा धेरै परिवर्तन आएको, आफ्नो बलियो पक्ष र कमजोर पक्ष कुन–कुन हो त्यो विषयमा जानकार हुने अवसर पाएकोमा खुशी व्यत्त गरे । ट्रेनिङकाे समापनमा सहभागी सबै विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।
































प्रतिक्रिया