विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असन्तुष्ट जिल्ला सभापतिको निर्णय सामना गर्न तयार रहेको बताएका छन्। बिहीबार विराटनगर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै सभापति देउवाले विशेष महाधिवेशन बोलाउने पहल गरे पनि आफू ‘फेस’ गर्न तयार रहेको बताए ।
महाधिवेशनको सुझाव विपरित पार्टीको केन्द्रीय समितिले विधान परिमार्जन गरेको भन्दै जिल्ला सभापति असन्तुष्ट छन् भने काठमाडौंमा ५१ जिल्लाका सभापतिको भेला भएको छ ।
गुटगत भेलामा सभापतिविरुद्ध मोर्चाबन्दी भएको जानकारी पाएपनि त्यसका लागि आफू तयार रहेको बताए । गत फागुन १३ को केन्द्रीय समितिको बैठकले बहुमतका आधारमा पार्टीको विधान परिमार्जन गर्ने निर्णय गरेको थियो। महासमिति बैठकको सुझावविपरित भएको भन्दै उक्त निर्णय तत्काल सच्याउनु पर्ने जिल्लाका सभापतिको जोडदार माग रहेको छ।





























प्रतिक्रिया