काठमाडौँ । बागमतीमा पानीको बहाव बढेसँगै कुलेश्वर फलफूल बजार र सुकुम्बासी बस्ती डुबानमा परेको छ । गएरातिदेखि परेको भीषण वर्षा अहिलेसम्म नरोकिँदा उक्त क्षेत्र डुबानमा परेका हुन् ।
बागमतीमा पानीको बहाब उच्च भएसँगै बस्तीका साथै फलफूल बजार डुबानमा पर्न थालको हो । पानी निरन्तर परिरहँदा काठमाडौँ महानगरपालिका वडा नम्बर १४, बल्खु (टेकु दोभानदेखि बल्खु तरकारी बजारसम्म) पानी पसेको छ ।
ललितपुरको कोड्कु खोलाले झरुवारासी जलमापन केन्द्रमा सतर्कता तह पार गरेको छ । आज काठमाडौँको कपन क्षेत्र, सुन्दरी जल आसपास र ललितपुरमा पछिल्लो ६ घण्टामा ४६ देखि ६७ मिलिमिटर वर्षा भएको छ । यो वर्षा अझै केही घण्टा निरन्तर हुने सम्भावना छ ।































प्रतिक्रिया