२० प्रतिशत डाउन पेमेन्ट गरेर होन्डा एनएक्स २०० र हर्नेट २.० खरिद गर्न सकिने

२० प्रतिशत डाउन पेमेन्ट गरेर होन्डा एनएक्स २०० र हर्नेट २.० खरिद गर्न सकिने

केन्द्रबिन्दु
39
Shares

होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले होन्डा एनएक्स २०० र हर्नेट २.० मा फाइनान्स धमाका नामक विशेष अफर ल्याएको छ । सो अफरमा होन्डाका उक्त बाइको खरिदमा २० प्रतिशत रकम मात्र डाउन पेमेन्ट गरेर बाइक लिन सकिने भएको हो ।

कम्पनीका अनुसार बाँकी रकम ३६ महिनासम्म किस्ताबन्दीको रुपमा बुझाउन सकिन्छ ।होन्डा एनएक्स २०० को मूल्य ४ लाख ८४ हजार ९ सय रुपैयाँ छ । यसको २० प्रतिशतले हुन आउने रकम ९६ हजार ९८० रुपैयाँ शुरुमा बुझाउन सकिन्छ । यसका साथमा सेवा शुल्क र अन्य कर समेत जोड्दा सबै गरी शुरुमा १ लाख ३० हजार ३४५ रुपैयाँ बुझाए पछि बाइक लिन सकिने व्यवस्था छ ।

बाँकी रकम ३ लाख ८७ हजार ९२० रुपैयाँ ३६ महिना सम्म किस्ताबन्दीको रुपमा बुझाउन सकिन्छ । यसका लागि मासिक करिव १४ हजार रुपैयाँ बुझाउनु पर्छ । यसमा करिव १७.२५ प्रतिशत ब्याज लाग्ने व्यवस्था छ । त्यसैगरी होन्डा हर्नेट २.० को मूल्य ४ लाख ६४ हजार ९ सय रुपैयाँ छ । यसको २० प्रतिशत डाउन पेमेन्ट र कर तथा सेवा शुल्क सहित सबै गरी १ लाख २५ हजार ३४० रुपैयाँ शुरुमा बुझाउनु पर्छ । बाँकी रकम ३ लाख ७१ हजार ९२० रुपैयाँलाई मासिक किस्ताको रुपमा बुझाउदा मासिक रुपमा १३ हजार ४ सय रुपैयाँ बुझाउनु पर्छ । यसमा १७.७५ प्रतिशत ब्याज लाग्ने व्यवस्था छ ।

होन्डाको मोटरसाइकल बिक्री गर्नका लागि स्याकारको आफ्नै इन्भेष्टमेन्ट कम्पनी स्याकार हायर पर्चेज प्रालिमार्फत लोन उपलब्ध गराइने व्यवस्था छ । यस अनुसार नै २० प्रतिशत मात्र रकम तिरेर मोटरसाइकल आफ्नो बनाउन सकिने सुविधा उपलब्ध भएको हो ।

Logo