विनासकारी हावाहुरीः आफन्त गुमाएको वियोगदेखि राहतको आशसम्म

विनासकारी हावाहुरीः आफन्त गुमाएको वियोगदेखि राहतको आशसम्म

केन्द्रबिन्दु
0
Shares

विनासकारी हावाहुरीबाट प्रभावित बाराको फेटा गाउपालिकाको पुरैनिया र भरवलियाका स्थानीयले तत्काल उचित बासस्थानको व्यवस्था गर्न प्रदेश र केन्द्र सरकारसँग माग गरेका छन् । आईतबार साँझ आएको हुरीका कारण क्षणभर मै अस्तव्यस्त बनेको पुरनिया र भरवलियाका स्थानीयले मंगलबारसम्म पनि अस्थायी बासस्थान पाएका छैनन् ।

सुरक्षाकर्मीहरु अस्थायी वासस्थान बनाउने काममा जुटे पनि बस्ती नै उजाड भएकाले तत्काल सबैले ओत लाग्न सक्ने गरि अस्थायी टहरा बन्न सक्ने अवस्था देखिएको छैन । घर, खेतमा लगाएको अन्न बाली र घरभित्र राखेको खाद्यान्न र लत्ताकपडा पनि नरहेपछि उनीहरुले तत्काल टाउको लुटाउने छाप्रो र खाद्यान्नको व्यवस्था गर्न माग गरेका हुन् ।

बालबालिका र वृद्धवद्धाहरुको अवस्था अन्त्यन्तै दयनिय बनेको छ । धुलाम्य चौरमा चर्को घाममुनि बस्न बाध्य बालबालिका र वृद्धवृद्धामा स्वास्थ्य समस्याको उच्च जोखिम देखिन्छ । घटना लगत्तै विभिन्न संघ संस्था र सरकारी निकायहरु राहत सामाग्री लिएर सो स्थानमा पुगेको भएपछि बासस्थान तथा अन्य आवश्यक लत्ताकपडाको समस्या सम्बोधन हुन सकेको छैन ।

खुल्ला आकाशमुनि बस्दा दिनभरको घाम र रातको सित तथा लामखुट्टेको टोकाईबाट झाडापखाला लगायतको प्रकोप देखा पर्न सक्ने जोखिम बढेको छ । राहत सामाग्री लिएर पुरनिया पुगेका चिकित्सक डाक्टर गोविन्द केसीले प्रभावितका लागि सरकारले तत्काल अस्थायी वसोबासको व्यवस्था मिलाई मनोपरामर्श सेवा दिनुपर्ने बताए ।

गाउमा रहेका पिउने पानीका चापाकल पनि हुरीले पुरै उप्काएकाले पिउने पानी तथा आवश्यक सरसफाईको लागि आवश्यक पर्ने पानीको अभाव छ । राहतसँगै आउने पानीको बोटल बाहेकको पानीको प्रबन्ध हुन नसक्दा आवश्यक सरसफाईमा ध्यान पुर्याउन सकिएको छैन । स्कुलको छाना पनि भत्काएकाले स्कुल जाने बालबालिकाको पढाई पनि प्रभावित बनेको छ ।

भित्र्याउने समयको पर्खाईमा रहेको गहुँबाली हावाहुरीले पुरै चउरमा परिणत गराएको छ । घरभित्र भकारीमा राखेको धान लगाएतका खाद्यान्नहरु हुरीले छरपस्ट बनाएको छ । धनसम्पत्ति र लुगाफाटा राखेको दराज, सुत्ने ओच्छ्यान पनि हुरीले उडाएपछि खाद्यान्न तथा लत्ताकपडाको अभाव टटकारो देखिएको छ ।

एकै परिवारका ४ सदस्य सम्मको हावाहुरीका कारण मृत्यु भएको छ । परिवारका सदस्य, आफन्त, छिमेकी गुमाएका पुरनिया र भलवलिया गाउबाँसीका आखा ओभानो हुन सकेका छैनन् । उनीहरु न त कसैसँग बोल्न चाहन्छन, न त आईतबार साँझको घटना सम्झन नै चाहन्छ ।

क्षणभरमा नै विध्वम्श मच्चाएको हावाहुरीले उनीहरुका परिवारको सदस्य, आफन्त र छिमेकीको ज्यान लिएको थियो । अहिले उनीहरु छानो उडाएको र गाहे भत्काएको घरको छेउमा टोलाएर बस्न बाध्य छन् । महिला, बालबालिका र वृद्धवृद्धाहरुलाई पुगेसम्म त्रिपालमुनि राखिएको छ भने स्कुल जाने उमेरका साना साना बालबालिकाहरु हुरीको वितंण्डाले भत्काएका घरका अवशेस हटाउने तथा अस्थायी टहरा बनाउने काममा सघाईरहेका छन् ।

घटना लगत्तै प्रदेश सरकार, विभिन्न राजनीतिक दलका शिर्ष नेता घटनास्थल पुगि राहतको घोषणा गरेका छन् । तर केन्द्र सरकार तथा प्रदेश सरकारले अस्थायी बसोबाससँगै स्थायी बसोबासका लागि कुनै योजनाको घोषणा गरेका छ्रैनन् ।

आईतबास साँझ आएको विनासकारी हावाहुरीका कारण २७ जनाको ज्यान गएको थियो । ६ सय भन्दा बढी घाईते भएका छन् । हावाहुरीबाट ठूलो आर्थिक क्षति भएको छ ।

Skip This
Skip This
Logo