काठमाडौँ । कैलालीको धनगढी उपमहानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । धनगढी उपमहानगरले रानाथारू समुदायका महिलाहरूले मनाउने तीज पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको हो । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले एक सूचना जारी गर्दै बुधवार सार्वजनिक बिदा दिइएको जनाएका हुन् ।
कैलाली र कञ्चनपुर जिल्लामा बसोबास रहेको राना समुदायले तीजलाई भव्य रूपमा मनाउने गर्छन् ।






























प्रतिक्रिया