नेपाल–भारत बीचको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशालामा जाने

नेपाल–भारत बीचको फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशालामा जाने

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । काभा वुमन्स नेसन्स लिग भलिबलको उपाधिका लागि नेपाल–भारत बीच आज हुने फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हल जाने भएका छन् ।

प्रधानमन्त्री सवा चार बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हल पुग्ने सचिवालयलले जानकारी दिएको छ । साँझ ५ बजे नेपाल र भारतबीच उपाधिका लागि प्रतिस्पर्धा हुँदै छ ।

श्रीलंकालाई हराउँदै भारत फाइनलमा पुगेको हो । इरानलाई हराएर नेपाल फाइनल प्रवेश गरेको हो ।

Logo