केन्द्रबिन्दु बुलेटिन : सरकारका ज्यादती विरुद्ध कांग्रेसले मंसिर २९ गते देशभर प्रर्दशन गर्ने (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : सरकारका ज्यादती विरुद्ध कांग्रेसले मंसिर २९ गते देशभर प्रर्दशन गर्ने (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये कोभिड–१९ रोकथाम नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासिनता, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्ट्राचार, वरिष्ठ नेता रामचन्द्र पौडेल माथिको गिरफ्तारी लगायत विषयको विरोधमा कांग्रेसले मंसिर २९ गते विरोध प्रदर्शनको तयारी गरेको छ । यसैक्रममा बिहिबार एक बैठक बस्दै प्रदर्शनका लागि सबै नेता तथा कार्यकर्तालाई सडकमा उत्रन आव्हान समेत गरेको छ ।

कोरोना भाइरसको जोखिमका कारण गत चैत ७ गतेदेखि बन्द ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना अब अवलोकनकर्ताका लागि खुल्ला गरिएको छ । स्वास्थ्य मापदण्ड अपनाई पुनः खुला गरिएको चिडियाखानामा अब भने पहिले झैं लाइनमै बसेर टिकट काट्नु पर्ने बाध्यता हटाइएको छ ।

अमेरिकाको राष्ट्रपतिय चुनावको ५० वटै राज्य एवं डिस्ट्रिक्ट अफ कोलम्बियाले हालै सम्पन्न मत परिणामलाई प्रमाणित गरेका छन् । राष्ट्रपति चयनका लागि आवश्यक पर्ने इलेक्टोरल कलेजका सदस्यहरु पनि मत परिणाम प्रमाणित गरेसँगै स्वतः मनोनयन भएका छन् । यता, राष्ट्रपति ट्रम्पले हालको चुनावी परिणामलाई राज्यका संसदमार्फत पुनः समीक्षा गर्न माग गरेका छन् । उनले बाइडेन निर्वाचित भएका चार राज्यका इलेक्टोरल मत खारेज गरी नयाँ टोली पठाउनु पर्ने माग गरेका हुन् ।

कोभिड–१९ का कारण चैतदेखि बन्द भएको नेपाल भारत उडान खुल्ने भएको छ । एयर बबल उडानका लागि नेपालले पठाएको पत्रको आधारमा भारतले काठमाडौं–दिल्ली र दिल्ली–काठमाडौं उडान गर्ने गरी सहमति दिएको भारतीय राजदूतवासले जानकारी दिएको छ ।

हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सम्बन्धमा अध्ययन गर्न गठित समितिले मस्यौदा तयार पार्दै दुई दिन बिदाको व्यवस्था हुनु मनासिब देखिएको निष्कर्ष प्रस्तुत गरेको छ । कोरोना महामारीले पर्यटन क्षेत्र धराशायी बनेपछि पर्यटन प्रवर्धनको लागि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सम्बन्धी अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको अध्यक्षतामा बसेको बैठकले अध्ययन समिति गठन गरेको थियो । सोही समितिले दुइ दिन विदा दिन सम्भव रहेको भन्दै सरकारलाई अध्ययन प्रतिवेदन बुझाएको हो ।

Logo