मेट्रोरेल निर्माण गर्न साढे ३ खर्बको प्रस्ताव

मेट्रोरेल निर्माण गर्न साढे ३ खर्बको प्रस्ताव

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

लगानी सम्मेलन मार्फत मेट्रोरेल निर्माण गर्न साढे ३ खर्ब भन्दा बढीको लगानी प्रस्ताव आएको लगानी बोर्डले जनाएको छ । काठमाडौं उपत्यकामा मेट्रोरेल निर्माण गर्न सो प्रस्ताव आएको बोर्डको भनाइ छ । गत शुक्रबार र शनिबार काठमाडौंमा सम्पन्न भएको लगानी सम्मेलनमा यस्तो प्रस्ताव आएको हो ।

बोर्डका अनुसार ७७ दशमलव २८ किलोमिटर दूरीमा सहरी मेट्रोरेल निर्माण गर्न प्रस्ताव आएको हो । बुट मोडेलमा निर्माण गर्न प्रस्ताव गरिएको काठमाडौं मेट्रोरेल परियोजनाका लागि ३ खर्ब ३१ अर्ब ९२ करोडको प्रस्ताव आएको लगानी बोर्डको भनाइ छ । बोर्डले सो परियोजनाका लागि ५ खर्ब ४७ अर्ब १७ करोड रुपैयाँ लगानी लाग्ने अनुमान गरेको छ ।

सो रेलको फिजिबिलिटी, डीपीआर, वित्तीय व्यवस्थापन, निर्माण, सञ्चालन, व्यवस्थापन र मर्मत निर्माण कम्पनीले गर्नेछ भने सरकारले आवश्यक सहायता उपलब्ध गराउने बोर्डले जनाएको छ । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुँदा उपत्यकामा मेट्रोरेल सञ्चालन गर्न ढाँचा तयार पार्न निर्देशन दिइएको थियो । त्यसयता उपत्यकामा मेट्रोरेलको विषय उठ्दै उठाइदै आएको छ ।

बोर्डले तयार पारेको परियोजना अध्ययन प्रतिवेदन अनुसार काठमाडौं मेट्रोरेलको रेल्वे लाइन दुई रुट भूमिगत ९अन्डर ग्राउन्ड० तथा बाँकी तीनमा जमिनमाथि नै हुने भनिएको छ । सातदोबाटो–रत्नपार्क–नारायणगोपाल चोकसम्मको १२ दशमलव १० किमिको रुटमा चढ्ने ओराल्ने ११ स्टेसन प्रस्ताव गरिएको छ । यो रेल्वेलाइन जमिनमाथि नै हुने बोर्डको प्रतिवेदनमा उल्लेख छ ।
राजधानीबाट

Skip This
Skip This
Logo