जिल्ला न्यायाधीश नियुक्तिको तयारी

जिल्ला न्यायाधीश नियुक्तिको तयारी

केन्द्रबिन्दु
21
Shares

काठमाडौँ । आज बस्ने भनिएको न्यायपरिषद्को बैठकले ३५ जिल्ला न्यायाधीश नियुक्तिको तयारी गरेको छ । परिषद्का सदस्यहरूसँगको आन्तरिक परामर्शपछि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले शुक्रबार दिउँसो बस्नेगरी बैठक बोलाएका हुन् ।

हालसम्म तय भएको सूचीअनुसार, २५ जना अदालतकै कर्मचारीहरूबाट न्यायाधीश बन्ने भएका छन् । त्यसपछि सरकारी वकिल समूहबाट ६ जनाले न्यायाधीश बन्ने अवसर पाउँदै छन् भने नेपाल सरकारका कानुन अधिकृतहरूबाट ४ जना न्यायाधीश बन्नेछन् । सर्वोच्चमा मात्रै ४ न्यायाधीशको पद रिक्त छ ।

Logo