इक्यानद्वारा विद्यार्थीहरुकाे गुनासाे सम्बाेधनका लागि हेल्पडेस्क स्थापना

इक्यानद्वारा विद्यार्थीहरुकाे गुनासाे सम्बाेधनका लागि हेल्पडेस्क स्थापना

केन्द्रबिन्दु
12
Shares

नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले विद्यार्थीहरुकाे गुनासाे सम्बाेधनका लागि हेल्पडेस्क स्थापना गरेको छ । शैक्षिक परामर्श संस्था, व्यक्ति वा विदेशी शैक्षिक संस्थाबाट ठगिएका विद्यार्थीलाई सहयोग गर्न इक्यानले हेल्पडेस्क स्थापना गरेको हो ।

शुक्रबार एक सूचना जारी गर्दै इक्यानले भन्याे, “यदि तपाईं कुनै शैक्षिक परामर्श संस्था, व्यक्ति वा कुनै विदेशी शैक्षिक संस्थाद्वारा ठगिएको वा गलत परामर्शको सिकार हुनुभएको छ भने तपाईंलाई सहयोग गर्न नेपाल शैक्षिक परामर्श संघ इक्यानले हेल्पडेस्क स्थापना गरेको छ ।”

इक्यानका अध्यक्ष शेषराज भट्टराईका अनुसार समस्या परे ईमेलमार्फत [email protected] वा ह्वाट्सएप नंबर ९७०४८०५९९० मा एसएमएसमार्फत गुनासो राख्न सकिनेछ ।

Skip This
Skip This
Logo