सांसद डा. सुनिल शर्माको पहलमा कपनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, ५४१ जनाले गराए उपचार

सांसद डा. सुनिल शर्माको पहलमा कपनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन, ५४१ जनाले गराए उपचार

केन्द्रबिन्दु
18
Shares

नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को स्वास्थ्य टोलीले काठमाडौंको कपनमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

नुप्से क्राफ्टको आयोजनामा भएको उक्त शिविरमा निःशुल्क स्वास्थ्य शिविरमा ५४१ जनाले उपचार गराएको केएमसी अस्पतालका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार शिविरमा आएका बिरामीमध्ये ७५ जनाको ईसीजी, ८८ जनाको ल्याब परीक्षण र ९७ जनाको युएसजी परीक्षण गरिएको थियो भने २२ जनाको दाँत निकालिएको थियो । त्यस्तै, २७ जनालाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको छ ।

यसअघि केएमसीको स्वास्थ्य टोलीले बुढानिलकण्ठमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियाे । सांसद डा. शर्माले केएमसीकाे नेतृत्व सम्हालेलगत्तै देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै बिरामी उपचार गर्दै आएका छन् । साथै त्यहाँ उपचार हुन नसकेका बिरामीलाई आफ्नै अस्पतालमा ल्याएर निःशुल्क उपचार पनि गर्दै आएका छन् ।

Logo