नेपाली कांग्रेसका संघीय सांसदहरुले हावाहुरी पिडितलाई दुई दिनको तलब दिने भएको छ । आईतबार प्रदेश नं २ को बारा र पर्सा जिल्लामा भएको विनासकारी हुरी बतासबाट घरबार विहीनहरुको लागि कांग्रेसका सांसदहरुले दुई दिनको तलब दिने निर्णय गरेका हुन् ।
गए राति साँझ पौने ८ बजेदेखि सवा ८ बजेसम्म गएको हावाहुरीले अहिलेसम्म २७ जनाको निधन भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका छन् । हावाहुरीले कलैया उपमहानगरपालिकासहित महागढीमाई र पचरौता नगरपालिका तथा प्रसौनी, फेटा, सुवर्ण र परवानीपुर गाउँपालिकामा धनजनको क्षति भएको छ ।
हालसम्म हावाहुरीका कारण करिब ५ सय जना घाइते भएका छन् ।































प्रतिक्रिया