काठमाडौं । सत्तारुढ नेकपाका विद्यार्थी संगठनहरुले बारा-पर्सामा हावाहुरीबाट ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ राहत दिन माग गरेका छन् । अनेरास्ववियु र अनेरास्ववियू (क्रान्तिकारी) को सोमबार बसेको संयुक्त बैठकले सरकारसँग मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत दिन माग गरेको हो ।
आँधीमा ज्यान गुमाउनेहरुका परिवारलाई जनही १० लाख राहत तथा परिपुरण रकम उपलब्ध गराउन माग गरेका हुन् । साथै घाइतेको निःशुल्क उपचार र घरबास पुनःस्थापनाका लागि तत्काल कदम चाल्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारसँग माग गरिएको छ ।
उनीहरु डाक्टर र स्वास्थ्यकर्मीसहित आँधी प्रभावित बारा-पर्सा जिल्लामा जाने भएका छन् । दुवै संगठनका अध्यक्षद्वय नविना लामा र रञ्जित तामाङ नेतृत्वको टोली बारा र पर्सामा जान लागेको हो ।
नेकपा सम्बद्ध विद्यार्थी तथा युवा संगठनका कतिपय नेता-कार्यकर्ताहरु प्रभावित क्षेत्रमा खटिएर उद्धार र राहतको काममा सक्रिय छन् ।प्रदेश २ सरकारले भने मृतकका परिवारलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
































प्रतिक्रिया