काठमाडौं । बारा–पर्सामा गएराति गएको भीषण हावाहुरीमा ज्यान गुमाउने मध्ये केहीको सनाखत भएको छ । गृह मन्त्रालले सार्वजनिक गरेको सूचीमा केही मृतकको सनाखत गरिएको हो ।
बारा पर्साबाट सुरक्षा संयन्त्रले उपलब्ध गराएको सूची गृहमन्त्रालयले सार्वजनिक गरेको हो । पर्सामा १ जनाको मृत्यु र ५ जना घाइते भएका छन् । त्यस्तै बारामा २६ जनाको ज्यान गएको छ । भने ३ सय ३९ जना घाइते भएका छन् ।
उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ । ज्यान गुमाउनेमा १२ जना पुरुष र १० महिला छन् । त्यसमा ५ जना बालबालिकासमेत छन् । हाल २७ जनाको मात्रै सनाखत भएको गृहले जनाएको छ ।
































प्रतिक्रिया