सुबारुको दुई नयाँ मोडलका गाडी नेपाली बजारमा, कति पर्छ मूल्य ? 

सुबारुको दुई नयाँ मोडलका गाडी नेपाली बजारमा, कति पर्छ मूल्य ? 

केन्द्रबिन्दु
153
Shares

काठमाडौं । जापानी कार उत्पादक सुबारुद्धारा निर्मित दुई नयाँ मोडलका गाडीहरू नेपाली बजारमा सार्वजनिक भएको छ । नेपालको लागि सुबारुको आधिकारिक वितरक विजय मोटर्स प्रालीले सुबारुको २.० क्रसट्रेक हाइब्रिड आइसाईट र २.५ आउटब्याक द्वरिङ्ग आइसाईट गाडी सार्वजनिक गरेको हो ।

हाईब्रिड प्रविधिमा आधारित २.० क्रसट्रेक हाईब्रिड आइसाईट बाटोमा दौडिरहेको अवस्थामा स्वचालित छ । कम्पनीका अनुसार उक्त गाडी विद्युतीय र इन्धनको ऊर्जा लिने हुनाले यसलाई अन्य विद्युतीय गाडीजस्तो बाहिरी चार्जिङ्गको आवश्यकता पर्दैन ।
२.० क्रसट्रेक हाइब्रिडको ब्याट्री गाडी दौडिरहेको अवस्थामा पनि चार्ज हुने बताएको छ ।  यसले सहजता, सुविधा र कार्यकुशलतालाई थप गराएको छ । एक लिटर पेट्रोलमा यो गाडीले १७.५ किमीको माइलेज दिन्छ भने यस मोडलको गाडीले आम उपभोक्ताको मन जित्ने अपेक्षा कम्पनीको छ । 

यसैगरी २.५ आउटब्याक द्वरिङ्ग आइसाइट भेरियन्टको गाडी १८८ हर्जपावर इञ्जिन क्षमतामा आएको छ । यसमा दिइएको डुअल एक्स् मोडले गाडीलाई हिलो, हिउँ र चट्टानीय सतह जस्ता कठिन बाटोमा पनि सहजै यात्रा गर्न सक्षम बनाउने बताइएको छ । १० वटा यअरब्याग रहेको यस भेरियन्टमा ब्ल्याइण्ड स्पट मोनिटरिङ्ग र रियर क्रस ट्राफिक अलर्टजस्ता ड्राइभर असिस्टेण्ट प्रणालीसमेत रहेको छ । 

विजय मोटर्सकी प्रबन्ध निर्देशक एनि गार्डनर बैद्यले सुबारुले ल्याएको यी दुवै भेरियन्टका गाडीहरुमा पछिल्लो आइसाइट ड्राइभ असिस्टेन्ट प्रणालीलाई अपनाइएको बताइन् । विजय मोटर्सका अनुसार यी गाडीको सुरुवाती मूल्य एक करोड ६९ लाख रुपैयाँ तोकिएको छ ।

Logo