अन्जु पन्तकी छोरी परितोषिकाको डेब्यु अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

अन्जु पन्तकी छोरी परितोषिकाको डेब्यु अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

गायिका अन्जु पन्तकी छोरी परितोषिका पन्तको डेब्यु अभिनय रहेको नयाँ म्युजिक भिडियो सार्वजनिक गरिएको छ । विहिबार सार्वजनिक गीतमा परितोषिकाको निकै उत्कृष्ट अभिनय देख्न सकिन्छ । भिडियोमा परितोषिकाका साथमा देखिएका छन् मोडल कुन्साङ् बोम्जन ।

गायिका पन्तको पहिलो संगीतबद्ध गीतमा पन्त स्वयंको स्वर सुन्न सकिन्छ । करिब ९ वर्ष अघि रचनाकार सुरेश वाग्लेद्वारा रचित गीतलाई अन्जु पन्तको अफिसियल युट्युवमार्फत बजारमा ल्याईएको हो । गीतको भिडियोमा निकेश खड्काको निर्देशन रहेको छ भने, धिरज जंग शाहको छायांकन तथा विकाश धमलाको सम्पादन रहेको छ ।

गीत सार्वजनिक पछि गायिका पन्तले आफ्नो करियरकै पहिलो संगीतवद्ध तथा छोरी परितोषिकाको अभिनय यात्रा दर्शक तथा स्रोताले मन पराईदिनु हुनेमा आशावादी रहेको बताइन् । त्यस्तै छोरी परितोषिकाले पनि गायन विधामा आफ्नी आमालाई रुचाइए जतिकै अभिनय विधामा आफूलाई पनि साथ र समर्थन गर्न आग्रह गरिन् । भिडियो :

 

Logo