काठमाडौँ । आज साउन महिनाको अन्तिम सोमबार । बिहानैदेखि काठमाडौँको पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । पशुपति परिसरमा आयोजना भइरहेको कोटीहोम महायज्ञमा दैनिक हजारौँ संख्यामा भक्तजनहरू सहभागी हुँदै आएका छन् ।
साउन महिनाभर सञ्चालन हुने महायज्ञ सुरु भएदेखि नै हजारौँ संख्यामा भक्तजनले पशुपति परिसर भरिभराउ छ । कोटीहोम महायज्ञ अन्तिम चरणमा पुग्दै गएसँगै आज युवराज्ञी हिमानी शाह पनि पशुपतिनाथ मन्दिरमा सवारी हुने भएकी छिन् । आज बिहान ८ बजे पशुपतिको कोटीहोममा युवराज्ञी शाहको सवारी हुने बताइएको छ ।































प्रतिक्रिया