आइएसटी सेकेण्डरी स्कुलले मनायाे ‘डे अफ सेलिब्रेसन’

आइएसटी सेकेण्डरी स्कुलले मनायाे ‘डे अफ सेलिब्रेसन’

केन्द्रबिन्दु
90
Shares

करिब दुई दशकदेखि हस्पिटालिटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्दै आएको आइएसटी सेकेण्डरी स्कुलले ‘डे अफ सेलिब्रेसन’ मनाएको छ । आइतबार मल्ल होटलमा एक भव्य कार्यक्रम गरी स्कुलले ‘डे अफ सेलिब्रेसन’ मनाएको हो ।

दुई सेसनमा सम्पन्न भएको उक्त कार्यक्रमको पहिलो सेसनमा हालै कक्षा ११ मा भर्ना भएका विद्यार्थीलाई वेलकम र ओरेन्टेसन गराइएको थियो । कार्यक्रममा स्कुल परिवार, विद्यार्थी र उनीहरुका अभिभावकको बाक्लो उपस्थिती रहेको थियो ।

पढाईसँगै शैक्षिक कार्यक्रमलाई पनि उत्तिकै प्राथमिकता दिने गर्दछ आइएसटी । यसैको एउटा उदाहरण हो, ‘डे अफ सेलिब्रेसन’ ।

अन्य विद्यालयभन्दा फरक तरिकाबाट विद्यार्थीलाई अध्ययन–अध्यापन गराउँदै आएको काठमाडौंको ज्ञानेश्वरमा अवस्थित आइएसटीले एसईईपछि कक्षा ११ र १२ मा व्यवस्थापन संकायअन्तर्गत होटल म्यानेजमेन्ट, कम्प्युटर साईन्स, टुरिजम म्यानेजमेन्ट, जनरल म्यानेजमेन्टका बिषयहरु पढाउँदै आएको छ । यस स्कुलमा अध्ययनरत विद्यार्थीहरुलाई कक्षा १२ को अन्तिम परीक्षा लगत्तै व्यावसायिक एवं व्यावहारिक ज्ञान सिकाईन्छ । जसमा होटल म्यानेजमेन्टका विद्यार्थीहरुलाई ४ तारे होटलमा ३ देखि ६ महिनासम्म इन्टर्नसिपका लागि पठाउने गरिन्छ भने कम्पुटर साईन्सका बिद्यार्थीहरुलाई आइटी सम्बन्धित काम गर्ने टेक कम्पनीहरुमा पठाउने गरिन्छ । यसबीचमा शैक्षिक कार्यक्रमलाई पनि उत्तिकै प्राथमिकता दिने गर्दछ आइएसटी । यसैको एउटा उदाहरण हो, ‘डे अफ सेलिब्रेसन’ ।

आइएसटीले दुईवटा सेसनमा सम्पन्न भएको ‘डे अफ सेलिब्रेसन’ कार्यक्रमको पहिलो सेसनमा हालै कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्कुल, कोर्स र स्कुलले वर्षभरी विद्यार्थीलाई दिने अतिरिक्त सेवा सुविधाका बारेमा जानकारी दिइएको थियो । जसमा ६० विद्यार्थीहरुको सहभागिता रहेको थियो । कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुले फ्रि–वारिस्टा ट्रेनिङ पनि लिएका थिए ।

दोस्रो सेसनमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुलाई टुरिजम स्कुल अफ साल्जवर्गबाट पाएको भोकेसनल सर्टिफिकेटबाट ग्याजुएट गरिएको थियो । दोस्रो सेसनमा पनि ६० जना विद्यार्थीकै सहभागिता रहेको थियो । यसैगरी कार्यक्रममा एनइबीका टप अचिभरहरुलाई पुरस्कृत पनि गरिएको थियो ।

अब आइएसटी स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक प्रमाणपत्र पनि पाउनेछन् ।

कार्यक्रममा बोल्दै स्कुलकी प्रिन्सिपल सम्झना बस्न्यातले सर्वप्रथम कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ बाट बिदा हुने विद्यार्थीहरुलाई बिदाईको शुभकामना दिइन् । उनले कक्षा १२ सकिएसँगै विदेश जानुभन्दा नेपालमै उच्च शिक्षा लिन र आफू भित्र रहेको क्षमता विकासमा ध्यान दिन विद्यार्थीहरुलाई सुल्झाइन् । जीवनमा आत्मअनुशासन निकै महत्वपुर्ण भएकाले आफूभित्र रहेको खुबीलाई चिनेर त्यसलाई निर्खान विद्यार्थीहरुलाई उनको आग्रह थियो ।

यसैगरी उनले अब आइएसटी स्कुलमा अध्ययन गर्ने विद्यार्थीहरुले त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त शैक्षिक प्रमाणपत्र पनि पाउने बताइन् । जुन ४ वर्षे डिग्रीका रुपमा उपलब्ध हुनेछ । उनका अनुसार टियूसँग समन्वय गर्नुको मुख्य कारण टियूको पाठयपुस्तकमा विद्यार्थीहरुले सिक्नै पर्ने कुराहरु छन् ।

उनले प्लस टु मा अध्ययन गर्न आउने विद्यार्थीहरुलाई न्याथमभन्दा निकै कम शुल्कमा पढाई रहेको पनि जानकारी गराइन् । यति मात्र होइन, आइएसटीबाट पासआउट भएका २ हजारभन्दा बढी विद्यार्थीहरुमध्ये अहिलेसम्म कोही पनि बेरोजगार नदेखेको उनको जिकिर थियो ।

प्रिन्सिपल बस्न्यातले कक्षा १२ सकिएसँगै विदेश जानुभन्दा नेपालमै उच्च शिक्षा लिन र आफू भित्र रहेको क्षमता विकासमा ध्यान दिन विद्यार्थीहरुलाई सुल्झाइन् ।

यसैगरी कलेजका सिइओ नरेन्द्र बज्राचार्यले पनि कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई वेलकम र कक्षा १२ बाट ग्य्राजुएट भएका विद्यार्थीहरुलाई बधाई तथा धन्यवाद दिए ।

कार्यक्रममा आइएसटीका डाइरेक्टर तेजबहादुर ढकालले कक्षा १२ का विद्यार्थीहरुको हातमा एनइबीको सर्टिफिकेट र साल्जवर्ग विश्वविद्यालयको भोकेसनल सर्टिफिकेट एकै साथ पाउनुलाई दुबै हातमा लड्डु परेको संज्ञा दिए । उनले यस सर्टिफिकेटमार्फत विद्यार्थीहरु जुनसुकै स्थानमा गएर जागिर खान सक्षम रहेको बताए ।

Skip This
Skip This
Logo