कञ्चनपुर । वेदकोट नगरपालिकाको एक नदीमा महिला मृत फेला परेकी छन् । वेदकोट नगरपालिका १ चम्फापुरको राधा नदीमा एक महिला मृत फेला परेकी हुन् ।
चम्फापुककै २० वर्षीया रिना राना मृत भेटिएकी ईलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरिक्षक रमेश प्रसाद अवस्थीले जानकारी दिए। नदीमा नुहाउन हिडेकी राना मृत भेटिएकी हुन्। रानालाई मृगी रोग रहेको प्रहरीले जनाएको छ ।
उनी गर्भवती रहेको परिवारजनले जनाएका छन् । मृगी रोगबाट पीडित रहेकी उनी लुगा धुने क्रममा डुबेपछि उठ्न नसक्दा मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ ।
मृतक महिलाको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पताल लगिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक अवस्थीले जानकारी दिए ।
तस्बिरः सामाजिक सञ्जालबाट





























प्रतिक्रिया