काठमाडौं ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४५ हजार ६५० जना पुगेको छ । आज १ हजार २१७ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६६३ पुगेको छ । आज मात्र १२ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ३१ हजार ६०१ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ६४ रहेको छ ।
आजको पिसिआर परीक्षण ७ हजार २३२ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १८ लाख १३ हजार २०४ रहेको छ । आज १२ हजार ३८६ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।
काठमाडौं उपत्यकामा आज ४०४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ३२८, भक्तपुरमा २५ र ललितपुरमा ५१ संक्रमित थपिएका छन् ।
यससँगै काठमाडौंमा अब ९१ हजार ९०५ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार ३६१ जना कोरोना संक्रमित छन् । ललितपुरमा १४ हजार १४३ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख १४ हजार ४०९ पुगेको छ ।





























प्रतिक्रिया