काठमाडौँ
प्रधानमन्त्री केपी ओलीले नेपाल लगानीका लागि सुरक्षित क्षेत्र बनेको बताएका छन् । शुक्रबारदेखि सुरु तेस्रो लगानी सम्मेलनमा उनले विकास साझेदारसहित विदेशी लगानीकर्तालाई लगानी अनुसार नाफा सहजै लैजान सक्ने बताएका हुन् ।
‘नेपालमा राजनीतिक स्थिरता मात्र होइन, लगानी गर्ने वातावरण पनि बनेको छ,’ उनले भने, ‘लगानीको लागि आवश्यक कानुनी आधारसमेत तयार भएको छ ।’ नेपाल समृद्धितिर अघि बढ्दै छ,’ उनले थपे, ‘अब नेपाल र नेपालीको लामो समयदेखिको सामाजिक र आर्थिक रुपान्तरणको सपना पूरा हुँदैछ ।’ हामी तपाईहरूसँग हातेमालो गर्न तयार छौं ।’
नेपाल लामो समयको राजनीतिक संक्रमणलाई पार गर्दै स्थायित्वमा आएको उनले बताए । सोल्टी क्राउन प्लाजामा आयोजित सम्मेलनमा उनले भने, ‘मेरो सरकारको नीति नै समृद्ध नेपाल सुखी नेपाली हो, यसका लागि पर्याप्त पुँजी आवश्यक छ,’ उनले अगाडि भने, ‘हाम्रो आन्तरिक स्रोतले सपना पूरा हुँदैन ।’
सरकारले राखेको दोहोरो अंकको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्न स्वदेशी लगानी पर्याप्त नभएको उनले बताए । लगानीकर्ताको लागि नेपाल भर्जिन क्षेत्र भएको बताउँदै उनले भने, ‘तपाईहरूले चाहेको क्षेत्रमा लगानी गर्न सक्नुहुन्छ । लगानीबाट भएको नाफाको सम्मान गर्दै प्राप्त लाभांश फिर्ता लैजान सहजीकरणसमेत गर्नेछौं ।’ कर कानुनलाई समयसापेक्ष बनाउँदै लगानी भित्र्याउने प्रक्रियालाई सहज बनाउने, उद्योगमा बिजुलीको आपूर्तिलाई प्रत्याभूत गर्ने, औद्योगिक पूर्वाधार, र सूचना प्रविधिमा आधारित भएर सम्मानजनक हिसाबले काम गर्न सक्ने वातावरण तयार भएको ओलीले बताए ।
जलविद्युतमा उच्च सम्भावना छ, पूर्वाधार निर्माण हाम्रो प्राथमिकता प्राप्त क्षेत्र हो । नेपालमा सबै लगानीका क्षेत्र (पर्यटन, पूर्वाधार, सूचना प्रविधि, कृषि, उद्योग, खानी) उत्तिकै महत्वपूर्ण र प्रशस्त सम्भावना छन् ।’ हामी तपाईहरूसँग साझेदारी गर्न तत्पर छौं ।’ द्विविधामा बस्नु पर्दैन, ढुक्कसँग लगानी गर्न सक्नुहुन्छ । लगानी सहजीकरणका लागि सरकारले ‘एकद्वार केन्द्र’ सञ्चालनको तयारी गरिरहेको समेत उनले बताए ।
नागरिकबाट































प्रतिक्रिया