काठमाडौं ।
बीमा समितिले कोरोना बीमाको दावी भुक्तानी प्रक्रिया जटिल प्रकृतिको रहेकाले भुक्तानीका लागि केहि समय धैर्य गर्न बीमितहरुलाई आग्रह गरेको छ । समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले विज्ञप्ति नै जारी गरेर यस्तो आग्रह गरेका हुन् ।
पौडेलले कागजात पुगेका सबै बीमितहरुको दावी भुक्तानी हुनेमा विश्वस्त हुन बीमितहरुलाई अनुरोध गरेका छन् । कोरोना बीमाको लेखा परीक्षण महालेखा नियन्त्रकको कार्यालयले गर्ने भएकाले सरकारी कामकाजको प्रक्रिया पुर्याउँदा केहि ढिलाई भएको स्पष्ट पारेका छन् । उनले धेरै बीमितहरुले कोरोना बीमा दावीका लागि आवश्यक कागजात समेत पेश नगरेकाले बीमा दावी भुक्तानीमा समस्या उत्पन्न भएको बताएका छन् ।
बीमा समितिका अुनसार अहिलेसम्म ८ हजार १ सय ४५ वटा दावीको भुक्तानी भइसकेको छ । १७ हजार २ सय ३४ वटा दावीमा आवश्यक कागजात पेश गरिएको छ । ४ हजार १ सय ५२ वटा दावीका कागजात प्रमाणिकरणको लागि स्वास्थ्य मन्त्रालय पठाईएको र दुई हजार ४ सय ९४ वटा दावीलाई स्वास्थ्य मन्त्रालयले प्रमाणिकरण दिएको छ ।

अहिलेसम्म भुक्तानी दावीको लागि कागजात पेश भएका ९ हजार ९० दावी भुक्तानी हुन बाँकी रहेको छ । १ हजार १ सय ३६ वटा दावीमा भने कागजात नपुगेको समितिले जनाएको छ ।
यस अघि अर्थ मन्त्रालयले कोरोना बीमा दावी भुक्तानीका लागि आवश्यक कागजात पूगेका बीमितहरुलाई तीन दिन भित्रै भुक्तानी गर्न समितिलाई निर्देशन दिईसकेको थियो ।































प्रतिक्रिया