देउवाविरुद्ध पार्टी अनुशासन समितिमा उजुरी

देउवाविरुद्ध पार्टी अनुशासन समितिमा उजुरी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपाली कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजगाईंले सभापति शेरबहादुर देउवालाई कारबाहीको माग गर्दै अनुशासन समितिमा उजुरी दर्ता गराएका छन् ।

देउवाले नेकपाका अध्यक्ष केपीशर्मा ओली नेतृत्वको सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित गर्न दिएको उल्लेख गर्दै बजगाईंले उजुरीमा भनेका छन्, ‘यसबाट संसदीय मर्यादामा चोट मात्र पुगेन, सिंगो पार्टीको साख गिरेको छ ।

यसकारण देउवामाथि विधान अनुसार हदै सम्मको कारबाही गर्न माग गर्छु ।’ देउवाले गर्दा नै निर्वाचनमा पार्टीले पराजय बेहोरेको आरोप पनि उनले लगाएका छन् । त्यसका साथै विगतमा सरकार निर्माण र विघटनमा लोकतान्त्रिक पद्धतिको दुरुपयोग गरेको आरोप पनि देउवामाथि लगाइएको छ ।

पार्टीले नेता भीष्म आङदम्बेको संयोजकत्वमा अनुशासन समिति गठन गरेको छ । त्यसको पहिलो बैठकले चैत मसान्तसम्मको समयसीमा दिएर पार्टीविरुद्ध गतिविधि गरेका नेताका विषयमा उजुरी दिन सार्जजानिक अपिल गरेको छ । त्यही क्रममा बजगाईंले देउवाविरुद्ध उजुरी दर्ता गराएका हुन् ।
नागरिकबाट

Skip This
Skip This
Logo