केसीसी एक्जिबिटको आज समापन हुँदै

केसीसी एक्जिबिटको आज समापन हुँदै

केन्द्रबिन्दु
33
Shares

काठमाडौँ । काठमाडौँको पुतलीसडकमा रहेको कान्तिपुर सिटी कलेजमा शुक्रबारदेखि जारी १७औँ ‘केसीसी एक्जिबिट २०२४’ शनिबार सकिँदै छ ।
शनिबार गायिका एलिना चौहान र हाँस्यकलाकार जितु नेपालसहितका कलाकारहरूका प्रस्तुति, लाइभ म्यूजिक, केसीसी आइडलको फाइनल राउन्डको कार्यक्रम हुँदै छ ।

कलेजकै विद्यार्थीहरूले तयार गरेका विज्ञान, प्रविधि तथा सूचना प्रविधिको विकासमा भएका उपलब्धी र अवसरहरू, नेपालको दीर्घकालीन विकास संरचनाका नमूनाहरू, बजार र बजार व्यवस्थापनका सीप, दक्षता र सम्भावनाका नमूनाहरू प्रदर्शनमा छन् ।

कलेज प्राङ्गणमै चलिरहेको प्रदर्शनीमा विद्यार्थीहरूले आफ्ना नयाँ–नयाँ प्रोजेक्टहरू प्रदर्शन गरिरहेका छन् । इन्जिनियरिङतर्फका सिग्नेचर, ब्रिज, वेष्ट म्यानेजमेन्ट सिस्टम, ग्वार्कोको फ्लाइओभर, तीनकुने टनेल, बानेश्वरको ट्राफिक मेनेजमेन्ट विदाउट लाइट, पोड वे ट्रान्सपोर्टेसन सिस्टम, नागढुङ्गा टनेल लगायतका प्रोजेक्ट राखिएका छन् ।

यसैगरी आइटीतर्फ एआईको प्रयोगलगायत विविध विधाका ३० भन्दा बढी स्टल छन् । फायर डिटेक्सन एण्ड अलार्म सिस्टम, भिजिटर लग सिस्टम, रेन्ट रोबर, च्याट नेक्सस बिजिनेस, भेइकल नम्बर प्लेट डिटेक्सन, भिजिटर काउन्टर, फेस रिकनाइजेसन सिस्टम, मुड अनुसार गीत बजाउने सिस्टम र फुड स्टलमा विद्यार्थीहरू बढी आकर्षित छन् । एक्जिबिटमा करिब १५ हजार विद्यार्थीले अवलोकन गर्ने अनुमान गरिएको छ ।

Skip This
Skip This
Logo