नेपाली महिला फुटबल टोली फिफा वरीयतामा खस्कियो

नेपाली महिला फुटबल टोली फिफा वरीयतामा खस्कियो

केन्द्रबिन्दु
99
Shares

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोली फिफा वरीयतामा खस्किएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल ९९ औं स्थानमा छ । अघिल्लो वरीयतामा ९८ औँ स्थानमा रहेको नेपालको वरीयता खस्किएको हो ।

भारत नेपालभन्दा अघि रहेको छ । भारत ६८ औँ स्थानमा छ । विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा छ भने इंग्ल्यान्ड दोस्रो र स्पेन तेस्रो स्थानमा छ । यस्तै, जर्मनी चौथो र फ्रान्स दशौँ स्थानमा छ ।

नेपाल एसियाली राष्ट्रको वरीयतामा १९ औँ स्थानमा छ भने दक्षिण एसियाली राष्ट्रको वरीयता दोस्रो स्थानमा रहेको छ ।

Skip This
Skip This
Logo