प्रतिबद्धता अनुसारको लगानी भित्र्याउन दुई महिनाभित्रै निर्णय गरिने

प्रतिबद्धता अनुसारको लगानी भित्र्याउन दुई महिनाभित्रै निर्णय गरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौंँ

सरकारले आगामी शुक्रबारदेखि सुरु हुने लगानी सम्मेलनमा ७७ वटा परियोजना प्रस्तुत गर्ने भएको छ । विदेशी लगानी आह्वान गर्न ५० वटा सार्वजनिक तथा २७ वटा निजी क्षेत्रका परियोजनालाई सम्मेलनमा सोकेसका रूपमा अघि सारिएको हो ।

कृषि, जलविद्युत्, उद्योग, पर्यटन, यातायात, सहरी पूर्वाधार एवं शिक्षा तथा स्वास्थ्य क्षेत्रका परियोजनामा लगानी आह्वान गरिने अर्थमन्त्री तथा नेपाल लगानी सम्मेलन निर्देशन समितिका संयोजक डा. युवराज खतिवडाले जानकारी दिए । लगानी सम्मेलनको तयारीका बारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री खतिवडाले नेपालमा रहेका सम्भावनालाई सोकेस परियोजनाका रूपमा अघि सारिएको बताए ।

अघि बढाइएका ७७ परियोजना मध्ये एक दर्जन परियोजनमा लगानीका लागि समझदारी तथा सम्झौता हुने उनले जानकारी दिए । ‘सोकेसिङका लागि पनि सम्मेलन आयोजना गरिएको हो, जहाँ सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ परियोजना हुनेछन्,’ उनले भने, ‘यस मध्ये १२ वटामा समझदारी तथा सम्झौता हुनेछ ।’ अर्थमन्त्री खतिवडाले कुन–कुन परियोजनामा सम्झौता गर्ने बारेमा भने खुलाउन चाहेनन् । उनले ०७३ को लगानी सम्मेलनको जगमा उभिएर सरकारले अहिले लगानी सम्मेलन गर्न लागेको बताए । विगतको सम्मेलनको लाभ लिएर अझ सुदृढ गर्दै यो सम्मेलन गर्न थालिएको उनको भनाइ छ ।
नयाँ पत्रिकाबाट

Logo