नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाल फर्किएका छन् । पार्किन्सन रोगबाट पीडित पत्नी सीता दाहालको उपचारपछि प्रचण्ड अमेरिकाबाट स्वदेश फर्किएका हुन् । प्रचण्ड गत चैत्र ४ गते अमेरिका पुगेका थिए ।
अध्यक्ष प्रचण्ड न्यूयोर्कबाट पत्नी सीतासहित स्वदेश फर्किएको उनको सचिवालयले जनाएको छ । प्रचण्ड बिहीबार मात्रै नेपाल आइपुग्ने छन् । प्रचण्डलाई न्युयोर्क विमानस्थलबाट अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले विदाई गरेका छन् ।
अमेरिका यात्राको क्रममा प्रचण्डले दक्षिण तथा मध्य एशिया मामिलासम्बन्धी अमेरिकी प्रमुख उप सहायक विदेशमन्त्री एलिएन जी वेल्स, नेपालका लागि पूर्वअमेरिकी राजदुत स्कट डेलेसी र नेपाली मूलका मेरिल्याण्ड राज्यका प्रदेश सांसद ह्यारी भण्डारीसँग भेट गरेका थिए ।
उनले सोमबार मेरिल्याण्ड राज्यको प्रदेश संसदको पनि अवलोकन गरेका थिए। यस अघि पत्नी सीतालाई भारत र सिंगापुरका अस्पताल लगिएपनि स्वास्थ्य अवस्था ठिक नभएछि उनलाई थप उपचारका लागि अमेरिका लगिएको थियो । बाँकी भिडियोमाः





























प्रतिक्रिया