सप्तरी । एक १४ वर्षीया बालिका ‘थाहै नपाई’ गर्भवती भएकी छन्। बालिकाको पेटमा ३४ साताको गर्भ बसेको चिकित्सकहरुले जनाएका छन् । पेटको तल्लो भाग दुखेपछि उनको भिडियो एक्सेर गराईएको थियो । भिडियो एक्सरे गर्दा गर्भ बसेको देखिएको परिवारले जनाएको छ ।
बालिकालाई थप स्वास्थ्य परीक्षणका लागि सप्तरी राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको थियो। गर्भ बसेको ३४ साता पुगेको अस्पतालमा सञ्चालित ओसीएमसीकी फोकल पर्सन मनीषा सिंखडाले जानकारी दिईन् ।
हनुमाननगर कंकालिनी–४ स्थित ठूलीआमाको घरमा बसेका बेला सोही गाउँमा पाहुना गएका छिन्नमस्ता गाउँपालिका–६ कुपहीका २१ वर्षीय प्रदीपकुमार मण्डलले ति बालिकासँग यौनसम्पर्क राखेका थिए । पछि घरमा ठूला व्यक्ति नभएको मौका पारी उनले भाइबहिनीलाई चकलेट खान पैसा दिई बाहिर पठाएर बालिकासँग यौनसम्पर्क गर्दै आए । पछि उनी गर्भवती भएको पत्ता लागेको हो ।
अनिच्छित गर्भ १२ साताको र जबर्जस्ती करणी वा हाडनाता करणी भएर गर्भ बसे १८ सातासम्म गर्भपतन गराउन कानुनले स्विकृति प्रदान गरेको छ । तर ति बालिकाको गर्भपर्तन गराउन नसकिने चिकित्सकहरुले बताएका छन् । डा. विकासकुमार साहले बालिकाले बच्चा जन्माए पनि वा गर्भपतन गराए पनि जोखिम रहेको बताए ।
पीडितकी आमाले प्रहरीमा उजुरी दिएकी छन् । तर आरोपित भारत चण्डिगढमा अध्ययनरत रहेकाले पक्राउ गर्न नसकिएको प्रहरीले जनाएको छ।































प्रतिक्रिया