सांसद डा. सुनिल शर्माको पहलमा केएमसीद्वारा रामघाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सांसद डा. सुनिल शर्माको पहलमा केएमसीद्वारा रामघाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

केन्द्रबिन्दु
27
Shares

नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को स्वास्थ्य टोलीले रामघाटमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

रामघाटको शान्ति निकुञ्ज माविमा आयोजना भएको स्वास्थ्य शिविरमा ५१५ बिरामीले सेवा लिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । उनका अनुसार बिरामीमध्ये ८५ जनाको भिडियो एक्सरे, ६८ जनाको ईसीजी, ९२ जनाको ल्याब परीक्षण र २२ जनाको दाँत निकालिएको थियो ।

त्यस्तै, ५२ जनालाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको छ ।

नेपाली कांग्रेसका संघीय सांसदसमेत रहेका डा. सुनिल शर्माले सम्हाले यता केएमसीले सेवा सुविधा थप्दै लगेको छ । साथै सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।

Skip This
Skip This
Logo