राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओली सिके राउतको प्रवक्ता बनेको टिप्पणी गर्नु भएको छ ।
नेता महतोले प्रधानमन्त्री ओलीले राष्ट्रिय राजनीतिमा एकपछि अर्को अपरिपक्वता प्रर्दशन गरिरहेको दावी पनि गर्नु भयो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले टिकापुर घटनालाई राजनीतिक घटनाको रुपमा बुझि दिन पनि सबैलाई आग्रह गर्नु भयो । नेता महतोले तत्कालीन माओवादी सशस्त्र युद्धलाई जनयुद्ध भन्न मिल्ने तर टिकापुर घटनालाई अपराधिक गतिविधि भन्दै रेशम चौधरी लगायतका राजनीतिक व्यक्तिहरुलाई जन्मकैदको सजाय दिइको उल्लेख गर्दै आपत्ति पनि जनाउनु भयो ।
नेता महतोले झापा आन्दोलनलाई राजनीतिक आन्दोलन भने जस्तै टिकापुर घटनालाई पनि थरुहट आन्दोलनको रुपमा लिनुपर्ने पनि बताउनु भयो । हेरौं भिडियोमा :































प्रतिक्रिया