नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका कालिकोट जनसरकार प्रमुख धनराज शाही पक्राउ परेका छन् ।
बुद्धिजीवी परिषद भेरी–कर्णाली इञ्चार्ज समेत रहेका शाहीलाई प्रहरीले रोल्पा राताडाबाडबाट सोमबार पक्राउ गरेको हो। उनी कालिकोट जुबिया–८ लिबुवाका हुन्।
उनको साथबाट बम बिस्फोटमा प्रयोग हुने जिलेटिन ३२ थान, इलेक्ट्रिक डडकर्ड १ थान, आइइडी माइत १ थान, बारुद एक किलो, डेडकर्ड तीन मिटरसहित बरामद गरिएको छ । शाही भेरी–कर्णालीका १० जिल्लामा संगठन विस्तार गर्ने, बम बिस्फोट गराउने, चन्दा–आतंक मच्चाउन सक्रिय रहेको प्रहरीले जनाएको छ । उनलाई बम बिस्फोट, राज्यविरुद्धको अपराध तथा संगठित अपराध ऐन अनुसार कारबाही हुने प्रहरीले जनाएको छ।
यस्तै, प्रहरीले जिल्ला मजदुर संगठन कालिकोट इञ्चार्ज भरत शाहीलाई पनि पक्राउ गरेको छ ।





























प्रतिक्रिया