काठमाडौँ
सुजुकीको नेपालको लागि आधिकारिक बिक्रेता भीजी अटोमोबाइल्सले नयाँवर्षको अवसरमा सुजुकी लाभमय अफर ल्याएको छ ।
यस अफरमा सुजकीको कुनै पनि बाइक वा स्कुटर किन्दा सियोरसटमा १० हजारको नगद लाभ पाउनुको साथै हरेक हप्ता हुने बम्परमा ५० हजारको लाभ १ जनाले प्राप्त गर्न सक्नु हुनेछ ।
नयाँवर्षको उमङ र हर्षसँगै आफ्ना ग्राहकहरुका लागि केही लाभ पनि रहोस् भन्ने उद्देश्यले सुजुकीले सम्पूर्ण बाइक तथा स्कुटरको खरिदमा लाभमय अफर ल्याएको हो ।
क्वालिटी, कमफर्ट र सर्भिसमा स्थान बनाउन सफल भएका सुजुकीको बाईक तथा स्कुटरमा ल्याइएको यस्तो किसिमको योजनाले ग्राहकहरुमा सुजुकी ब्रान्ड प्रतिको विश्वास बढाएको कम्पनीका जनरल म्योजर धिरज भट्टराईले बताउनुभयो ।





























प्रतिक्रिया