काठमाडौँ
इन्डियन प्रिमियर लिग (आईपीएल) मा गए राति भएको मुम्बई इन्डियन्सविरुद्धको खेलमा सन्दीप लामिछाने प्लेइङ ११ को सेटमा पर्न सफल भएनन् ।
दिल्ली क्यापिटल्ससँग आबद्ध भएका सन्दीप आईपीएलको पहिलो खेलको सुरुवाती सेटमा पर्न सकेनन् । गत सिजन पनि सन्दीपलाई दिल्लीले अन्तिमका खेलहरुमा मात्र मौका दिएको थियो ।
आईपीएलमा सन्दीपको यो दोस्रो सहभागिता हो । वाङखडे स्टेडियममा भएको खेलमा मुम्बईले टस जितेर ब्याटिङ गरेको थियो ।
यसैविच इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार राति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । दिल्लीले मुम्बई इण्डियन्सलाई ३७ रनले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रनको बलियो योगफल तयार पारेको थियो ।
२१४ रनको लक्ष्य पछ्याएको मुम्बई १९.२ ओभरमा १७६ रनमा अलआउट भयो । उसका लागि युवराज सिंहले सर्वाधिक ५३ रन बनाए ।































प्रतिक्रिया