तनहुँ बस दुर्घटनाका २७ मृतक र १६ घाइतेको पहिचान खुल्यो, शव परीक्षण चितवनमा हुने

तनहुँ बस दुर्घटनाका २७ मृतक र १६ घाइतेको पहिचान खुल्यो, शव परीक्षण चितवनमा हुने

केन्द्रबिन्दु
177
Shares

काठमाडौँ । तनहुँको आँबुखैरेनी गाउँपालिका वडा नं २ ऐना पहरास्थित पृथ्वी राजमार्ग सडक खण्डमा भएको बस दुर्घटनाका मृतक र घाइतेको विवरण प्रहरीले सार्वजनिक गरेको छ । शुक्रबार पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट अन्दाजी १५० मिटर तल मर्स्याङदी नदीमा खस्दा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी २७ यात्रुको मृत्यु भएको र १६ जना घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।

दुर्घटनाका घाइतेहरूको विवरण

भारतको महाराष्ट्रकी पंकज भंगाले, सुनिल जगन्नाथ, अविनाश भागवत पाटिल, आशा पाण्डुराम पाटिल, भारती रवीन्द्र पाटिल, ज्ञानेश्वर वाण्डे, आशा ज्ञानेश्वर वाण्डे, रुपाली हेमराज सरोदे, रेखा प्रकाश सुखाडे, सारदा सुरेश पाटिल, प्रविन पाण्डुरंग पाटिल, अन्नत ओमकार ईँग्ले, सीमा अनन्त ईंग्ले, हेमराज राजाराम सरोदे, कुमुदिनी झाण्डे र निलिमा भिरुड

मृतकहरूको विवरण
भारतको महाराष्ट्रकी चन्दना सुहास राणे, सुदाकर बडिराम जावडे, ,प्रकाश नाथ कोडी, मिनल गणेश भारम्बे, मुर्तीजा खान (चालक), सुहास प्रभाकर राणे, राहिनी सुधाकर जावडे, गणेश पाण्डुरम भारम्बे, पलबी संन्दिप सरोदे, निलीमा सुनिल धाण्डे, अनिता अविनाश पाटिल, भारती प्रकाश जावडे, सरोज मनोज भिरुड, सागर तडु जाउडे, सुल्भा पाण्डुराम भारण्डे, आशा समाधान बाबिस्कर, विजया करुड जावडे, सरला तुलसिराम ताइडे, रामजित (सहचालक), अनुप हेमराज सरोदे, निलिमा चन्द्रकान्त जावडे, सरला सुहास राणे, परी गणेश भारम्बे, पंकज भागवत भंगाडे, संदिप राजाराम सरोदे, मंगला विलास राणे र तुलसीराम बुधो ताइडे ।

मृतक सबैको शव परीक्षण चितवनमा हुने

दुर्घटनाका मृतकको शव परीक्षण चितवनमा हुने भएको छ । आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति चितवन पठाइएको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका १६ जनालाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो । उनीहरूको त्रिभुवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

Skip This
Skip This
Logo