आइपीएलः सन्दीप लामिछानेको खेल आज, के उनले खेल्न पाउलान ?

आइपीएलः सन्दीप लामिछानेको खेल आज, के उनले खेल्न पाउलान ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएल को १२ औँ संस्करण अन्र्तगत आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा सवा ४ बजे कोलकता नाइट राइडर्स र सनराइजर्स हैदरावाद भिड्दैंछन् ।

त्यस्तै राती सवा ८ बजे दोस्रो खेलमा मुम्बई इन्डियन्स र नेपालका स्पिनर सन्दीप लामिछाने रहेको दिल्ली क्यापिटल्सबीच खेल हुनेछ। शन्दीपको टिम र मुम्बई इन्डियन्सबीचको खेललाई नेपालमा विशेष महत्वका साथ हेरिएको छ । गत वर्षको आइपीएलमा सन्दीपले उत्कृष्ठ प्रदर्शन गरेका थिए ।

दिल्ली क्यापिटल्सको फेसबुक पेजमा सन्दीपलाई प्राथमिकतासाथ देखाईएको छ । यो सबैभन्दा लामो समय हो । सन्दीप लामिछाने खेलको लागि पर्खिन सक्दैनन् । उनलाई ल्याउनुहोस लेखिएको पोष्ट गरिएको छ ।

यसअघि शनिबारको उद्घाटन खेलमा महेन्द्र सिंह धोनीको टिमले विराट कोहलीको टिमलाई पराजित गरेको थियो । साविक विजेता धोनीको चेन्नाईले विराटको रोएल च्यालेन्जर्स बैंगलोरलाई ७ विकेटले पराजित गरेको हो। बैंगलोरले दिएको ७१ रनको सामान्य लक्ष्य चेन्नाईले १७.४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको थियो ।

Logo