आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सिके राउतसँगको सम्झौता र बिप्लवको पार्टी प्रतिबन्धबारे सम्बोधन गर्ने भएका छन् । आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेश सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।
सल्लाहकार अर्यालका अनुसार संसद बैठककमा सरकारले गरेका काम कारवाही र निर्णयबारे सांसदहरुले पछिल्लो समय संसदमा उठाएको प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिन लागेका हन् । यसअघि गत फागुन २४ गते सरकारले स्वतन्त्र मधेस गठबन्धनका सिके राउतसँग ११ बुँदे सहमति गरेको थियो । त्यस्तै फागुन २८ गते नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाएको थियो ।
यी दुवै निर्णयको प्रतिपक्षि र सत्तापक्षबाटै पनि चर्को आलोचना भइरहेको छ । सरकार र राउत समुहबीच ११ बुँदे सहमतिपछि राउत राजनीतिक मुलधारमा आएको सरकारी पक्षले दावी गरेपनि सहमतिपछि पनि उनका गतिविधि शंकास्पद रहेको भन्दै आलोचना रोकिएको छैन ।
सिकेसँगको सहमतिले देश टुक्र्याउने अभियानमा रहेका राउतलाई सरकारले नै बैधानिकता दिएको तथा राजनीतिक माग बोकेका विप्लवलाई प्रतिवन्ध लगाएर सरकारले नै द्वन्द्व निम्त्याएको भन्दै संसदमा सरकारी निर्णय र सहमतिको चर्को आलोचना हुदै आएको हो ।































प्रतिक्रिया