काठमाडौं
शनिबारदेखि सुरु भएको इण्डियन प्रिमियर लिगको पहिलो खेलमा चेन्नई सुपर किंग्स विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा चेन्नईले रोयल च्यालेञ्जर्स बेंग्लोरलाई ७ विकेटले पराजित गर्यो ।
टस हारेर ब्याटिङको निम्तो पाएको बैंग्लोर १७.१ ओभरमा ७० रनमा अलआउट भयो । उसका लागि पार्थिव पटेलले सर्वाधिक २९ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अंकको रन छुन सकेनन् । यस क्रममा विराट कोहली ६ रन, माइन अलि र एबी डि भिलियर्सले ९–९ रन बनाए ।
चेन्नईले उत्कृष्ट फिल्डिङ देखाउँदा बैंग्लोरका ८ जना खेलाडी क्याचआउट भएका थिए । बलिङतर्फ हरभजन सिंह र इम्रान ताहिरले तीन तीन विकेट लिए भने रविन्द्र जडेजाले दुई तथा र ड्वाइन ब्राबोले एक विकेट लिए । ७१ रनको कमजोर लक्ष्य चेन्नईले १७.४ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।































प्रतिक्रिया