घरबाटै एसइइ परीक्षा दिदै करीश्मा !

घरबाटै एसइइ परीक्षा दिदै करीश्मा !

केन्द्रबिन्दु
0
Shares

बैतडी

आजदेखि शुरु हुने यो वर्षको एसइई परीक्षामा बैतडीकी एक जना छात्राले घरबाटै परीक्षा दिने भएकी छन् । दशरथचन्द नगरपालिका वडा नम्बर २ देहीमाडौंकी करीश्मा बोहराले घरबाटै परीक्षा दिने भएकी हुन् ।

अपाङगता भएकी करीश्मा परीक्षा दिन परीक्षा केन्द्रसम्म जान नसक्ने भएकोले घरबाटै करीश्मालाई परीक्षा दिने व्यवस्था मिलाईएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले बताउनुभयो । निंङगलाशैनी मावी देहीमाण्डौकी परीक्षार्थी करीश्माको परीक्षा केन्द्र मणीलेक मावि गुरुखोला रहेको छ ।

शारीरिक अपांगता भई हिंड्डुन गर्न नसक्ने करीश्मालाई घरमै परीक्षा दिने वातावरण मिलाइएको हो । परीक्षाको लागी एक जना निरीक्षक र एक जना सुरक्षाकर्मीको व्यवस्था गरीएको प्रमुख अवस्थीको भनाई छ ।

यस्तै सुर्नया गाउँपालिका स्थित केदार मावि कठमडामा अध्ययनरत छात्रा दिपा बोहराले सहयोगी मार्फत परीक्षा दिने भएकी छन् । दृष्टीवीहीन र शारीरीक अपाङगता भएकी दिपाको कक्षा ९ का अध्ययनरत सुमीत्रा साउदले परीक्षा दिने भएकी हुन् । रौलेश्वर माविमा परीक्षा केन्द्र रहेकी दिपाले परीक्षामा लेख्न नसक्ने भएकोले यो व्यवस्था गरीएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीले जनाएको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo