सांसद डा. सुनिल शर्माको स्वास्थ्य टोली टुडिखेलमा, डेउडामा आएका दर्शकलाई निःशुल्क औषधि वितरण

सांसद डा. सुनिल शर्माको स्वास्थ्य टोली टुडिखेलमा, डेउडामा आएका दर्शकलाई निःशुल्क औषधि वितरण

केन्द्रबिन्दु
12
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले टुडिखेलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

केएमसी र पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलको आयोजनामा सोमबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा उल्लेख्य संख्यामा डेउडा हेर्न आएका दर्शकको स्वास्थ्य जाँच गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिएका छन् । उनका अनुसार शिविरमा औषधिसहित १३ जनाको स्वास्थ्य टोली खटिएको थियो । गौराको अवसर पारेर केएमसीको टोली हरेक वर्ष टुडिखेलमा जाने गरेको छ ।

नेपालको सुदूर तथा मध्यपश्चिम क्षेत्रमा स्थायी घर भई हाल व्यापारव्यवसाय, उच्चशिक्षा अध्ययन तथा रोजगारीको सिलसिलामा राजधानी काठमाडौँमा स्थायी र अस्थायी रूपमा बसोबास गर्दै आएकाहरूले टुडिखेलमा गौरा पर्व मनाउँदै आएका छन् ।

सांसद डा. शर्माले देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै बिरामीको उपचार गर्दै आएका छन् ।

Skip This
Skip This
Logo