नयाँ प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त

नयाँ प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त

केन्द्रबिन्दु
27
Shares

काठमाडौँ । नेपाली सेनाको प्रधान सेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । भदौ २४ गतेदेखि लागू हुने गरी उनलाई नियुक्त गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधान सेनापतिमा नियुक्त गरेका हुन् ।

प्रधानसेनापति प्रभुराम शर्माको कार्यकाल २४ भदौमा समाप्त हुँदै छ । कार्यकाल समाप्त हुनु एक महिनाअघि उनी बिदामा बसेकाले हाल सिग्देल कायममुकायम प्रधान सेनापति छन् ।

Skip This
Skip This
Logo