अन्ततः बैशाखदेखि चल्ने भयो रेल (भिडियो रिपोर्ट)

अन्ततः बैशाखदेखि चल्ने भयो रेल (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री हुँदा ग्याँसको पाइप लाइन, पानीजहाज र रेल ल्याउने अभिव्यक्ति दिएका थिए । नाकाबन्दीले आम सर्वसाधारण आक्रान्त बनिरहेका बखत आएको प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिको चर्काे आलोचना भयो ।

कागजको पानीजहाज र रेल बनाएर सामाजिक सञ्जाल र सडकमार्फत प्रधानमन्त्रीलाई ब्यंग्य गरियो । विपक्षी र सर्वसाधारणको ब्यंग्यले प्रधानमन्त्रीलाई खासै असर गरेन बरु जसरी पनि रेल र पानीजहाज चलाउने अठोटका साथ लागि परे ।

स्थानीय निर्वाचनमा तत्कालिन नेकपा एमालेले घोषणापत्रमै रेल्वेको विकासलाई प्रमुख एजेण्डका रुपमा सार्वजनिक गर्याे । दोश्रो पटक प्रधानमन्त्री बनेलगतै प्रधानमन्त्री ओलीले पानीजहाज र रेललाई प्राथमिक कामको सूचिमा राखे ।

प्रधानमन्त्री ओलीले पूर्व र पश्चिमलाई रेलमार्गमार्फत जोड्ने बताउँदै आएका छन् । गत चैत्र ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले रेल खरिद गर्नका लागि ८४ करोड ६५ लाख ९५ हजार ६ सय रुपैयाँ बजेट दिने निर्णय गर्याे ।

यो रकममा कर नलाग्ने व्यवस्था गरिएको छ । यो रेल भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म सञ्चालन हुनेछ । यो रेल्वे सेवाले विशेषतः तराईका २४ जिल्लालाई फाइदा हुने देखिन्छ । त्यसका लागि आवश्यक रेलमार्ग निर्माण सम्पन्न भईसकेको छ ।

३९ किमीको यो रेलमार्गको परीक्षण समेत गरि सकिएको छ । रेल नभएकै कारण रेलमार्ग सञ्चालनमा आउन सकेको थिएन । रेल खरिद लगायतका कामहरु धमाधम भईरहेको रेल विभागले जनाएको छ । रेल विभागका महानिर्देशक बलराम मिश्रले आगामी जेठभित्र रेल सञ्चालनमा ल्याई सक्ने जानकारी दिए । थप भिडियोमाः

Logo