नाडा अटो शो २०२४ मा लन्च भएको टाटा पन्च ईभीले नेपाली बजारमा उत्साहजनक सुरुवात गरेको छ ।
नेपालका लागि टाटाको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बिक्री सुरु गरेको पहिलो दिनमै १०० युनिट भन्दा बढी बुकिङ भएको दाबी गरेको छ । भारतीय बजारमा निकै रुचाइएको यो पन्च ईभीले नेपालमा पनि राम्रै उत्साहजनक सुरुवात गरेको हो ।
टाटा पन्च इभी शुरुवाति मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको छ ।
बहुप्रतिक्षित पन्च इभी उत्कृष्ट एक्ट इभी प्योर प्ल्याटफर्म आर्किटेक्चरमा आधारित टाटाको पहिलो उत्पादन पन्च इभी अत्याधुनिक प्रविधियुक्त छ । १६ इन्च एलआरआर टायर, १९० मिमी ग्राउन्ड क्लियरेन्सको साथ पन्च इभीमा २५ किलोवाट (एमआर) र ३५ किलोवाट (एलआर) दुई भिन्न ब्याट्री प्याक रहेका छन् । यसका साथै यस गाडीमा ९०–डिग्रीको कोणमा खुल्ने ढोका, ३६६ लिटरको बुट स्पेस, फ्रंकमा १४ लिटरको थप स्पेस रहेको छ । नेपालको विभिन्न भुभागमा गरेको परीक्षणको अनुसार गाडीले २७० देखि २९० किलोमिटर सम्मको रेञ्ज प्रदान गर्नेछ ।
पन्च इभीमा १ लाख ६० हजार किलोमिटर वा ८ वर्षसम्मको वारेन्टी दिएको छ । साथै नाडामा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङको पनि घोषणा गरेको छ ।































प्रतिक्रिया