प्रधानमन्त्री ओलीले गरे हाइड्रोजन कारको शुभारम्भ

प्रधानमन्त्री ओलीले गरे हाइड्रोजन कारको शुभारम्भ

केन्द्रबिन्दु
51
Shares

धुलिखेल । प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याइएको ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुक्रबार शुभारम्भ गरेका छन् । विश्वविद्यालयको २९ औँ दीक्षान्तअघि सो ‘हाइड्रोजन कार’ र रिफ्युलिङ प्रणालीको शुभारम्भ भएको हो ।

कोरियामा बनेको हुण्डाइ कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा ३३ हजार अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याइएको हो । प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमि भई प्रदूषण कम गर्न सहयोग हुने बताए ।

Skip This
Skip This
Logo