नेपाली रक ब्यान्ड जेएटीसीको ‘कान्छी तिम्रो नराम्रो बानी’ को म्युजिक भिडिओ सार्वजनिक[भिडियोसहित]

नेपाली रक ब्यान्ड जेएटीसीको ‘कान्छी तिम्रो नराम्रो बानी’ को म्युजिक भिडिओ सार्वजनिक[भिडियोसहित]

केन्द्रबिन्दु
123
Shares

काठमाडौँ । नेपाली रक ब्यान्ड झिल्के एण्ड दि कम्पनी ‘जेएटीसी’ले आफ्नो गीत ‘कान्छी तिम्रो नराम्रो बानी’ को म्युजिक भिडिओ सार्वजनिक गरेको छ । ब्यान्डका प्रमुख गायक तथा गिटारवादक स्टिभ देवानको शब्द र संगीत रहेको गीतको भिडिओमा ब्याण्डका सदस्य स्टिभ, दिप्सन र विशालका साथै भारतीय अभिनेत्री संस्कृति थामीको अभिनय रहेको छ ।

यस म्युजिक भिडिओको छायाङ्कन भारतको दार्जिलिङमा गरिएको छ। पोजिटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क)ले यसलाई निर्माण गरेको हो । यो गीत सन् २०२२ को एल्बम ‘जवानीको जोशको’ हिट गीत हो ।

गायक स्टिभले छोटो समयावधिमा गीतको छायाङ्कन गर्नु आफूहरूका लागि चुनौती भएको बताएका छन् । भिडिओ रिलिज गर्न पाउँदा आफूहरू उत्साहित रहेको बताउँदै ब्यान्डका बासिस्ट विशाल हाङ राईले फ्यानले गीत मन पराइदिएकोमा आभार व्यक्त गरे । त्यस्तै ड्रमर दिप्सन केसीले अघिल्लो गीत ‘१८२’ जस्तै ‘कान्छी तिम्रो नराम्रो बानी’ले पनि त्यस्तै माया पाउनेमा आफूहरू ढुक्क रहेको बताएका छन् ।

एल्बम ब्रोकेन एग स्टुडियोमा रेकर्ड, मिक्स र मास्टर गरिएको हो । गीतको अडिओलाई रोहिताज गुरुङले साउन्ड फ्युजन स्टुडियोमा रिमास्टर गरेका छन् । यो ब्याण्ड सन् २०१९ मा स्थापना भएको हो ।

Skip This
Skip This
Logo