वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठको स्वास्थ स्थिति जटिल र स्थिर बन्दै गएको छ । श्रेष्ठको ललितपुरको भैंसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालको सघन उपचार कक्षमा उपचार हुँदै आएको छ ।
करिब चार महिना अघि नाकमा समस्या भएका कारण राजधानीको बयोधामा नाकको र ब्लुक्रसमा मृगौलाको पत्थरीको शल्यक्रिया गरिएको थियो । स्वास्थ स्थितिमा समस्या बढ्दै गएपछि नर्भिक इन्टरनेसनल अस्पतालमा भर्ना गरिएको थियो । त्यसक्रममा जीबीएस भाइसको संक्रमण भएको आशंका गरेका कारण थप उपचारका निम्ति नर्भिकले भारतको हरियाणास्थित मेदान्त अस्पताल रिफर गरेको थियो ।
मेदान्त अस्पतालमा करिब दुई महिनासम्म उपचार गरेपछि भाइरसको संक्रमणबाट मुक्त फर्किएका श्रेष्ठलाई फेरि गम्भीर स्वास्थ्य समस्या देखा परेपछि आइतबारदेखि नेपाल मेडिसिटी अस्पतालमा सघन उपचार कक्षमा उपचार हुँदै आएको छ ।
श्रेष्ठ नेपाल समाचारपत्र दैनिकको प्रकाशन संस्था कामना न्युज पब्लिकेसनका प्रधान सम्पादक हुन् ।





























प्रतिक्रिया